Sunday, March 27, 2011

दिवंगता प्रति

एक्लै एक्लै साँझमा,

कता गयौ कहाँ गयौ,

कुन देश बिरानामा

भोलि उठ्दा प्रभातमा,

तिम्रो देह बाधिएर,

पुग्ने होला किनारमा

जना चाडै थियो भने,

मन, मुटु किन साटयौ?

आशु सागर रोए,

तिमि मात्र कता लागयौ?

हिजो अस्ति जस्तै आज,

जुन तारा पनि तेही,

शरीर त्यो पनि तेस्तै,

खाली श्वर छैन केहि

भोलि आखा रसाई रसाई,

हेर्दा निशा आकाशमा,

एउटा तारा बढीदेला,

बास्ना तिम्रो बातासमा

जहाँ जता गए पनि

सम्झनामा आउने होला

सपनामा आउँदा तिमि

रात मेरो रुने होला|||